राष्ट्र संघका पूर्वमहासचिव घालीको निधन

२०७२ फाल्गुन ५ गते, बुधबार

काठमाडौं, ५ फागुन । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बुत्रोसबुत्रोस घालीको ९३ वर्षको उमेरमा निधन भएको छ । भेनेजुएलाका राष्ट्र संघीय दूत राफेल रामिरेजले घालीको मंगलबार निधन भएको घोषणा गरेका छन् । घाली सन् १९९२ जनवरीदेखि १९९६ डिसेम्बरसम्म राष्ट्र संघको महासचिव भएका थिए । इजिप्टमा सन् १९२२ मा जन्मिएका घानी राष्ट्र संघका छैठौं महासचिव हुन् । – एजेन्सी

प्रतिक्रियाहरु