उत्तर कोरियाले सेटेलाइट परीक्षण गर्ने

२०७२ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं, ४ फागुन । मिसाइल परीक्षणपछि विवादमा परेको उत्तर कोरियाले सेटेलाइट परीक्षण गर्ने निर्णय गरेको छ । उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरु सेटेलाइट परीक्षणमा रहेको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै गरिएको यस निर्णयको बिश्वब्यापी रुपमा आलोचना भएको छ ।
हालै परीक्षण गरिएको भू उपग्रहमा संलग्नहरुलाई धन्यबाद दिन आयोजना गरिएको समारोहामा बोल्दै नेता उनले चाँडै नै सेटेलाइट परीक्षण गर्ने घोषणा गर्नुभएको हो । भू–उपग्रह प्रक्षेपणपछि जापान, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि प्रतिबन्ध लगाइसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु