मलेसियामा पनि जनयुद्ध दिवस मनाइयो

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौ । नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले फागुन १ मा २१ औं जनयुद्ध दिवस भब्य रूपमा मनाएको छ । मलेसियाको क्वालालम्पुर होटेल मन्डलामा सम्पन्न भएको छ । मोर्चाका केन्द्रिय अध्यक्ष लीलाराज आचार्यको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी प्रवास साखा मलेसियाका संयोजक युबराज कोइराला थिए । सहिदहरु प्रति एक मिनेट श्रदान्जली गरेपछि उपस्थितिलाई कोषाद्यक्ष आत्मा राईले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । मोर्चाका केन्द्रिय सदस्य मोहित थापाले संचालन गरेको कार्यक्रममा अन्य अतिथिहरुमा केन्द्रिय सल्लाहकार एबं पुर्ब जनमुक्ति सेनाका बटालियन कमान्डर बिक्रम कुँवर (सम्भब) बिर्गेड कमान्डर हरि चौधरी ( विजय ) नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम ,मलेसिया एकता समाजका अध्यक्ष तिलक परियार , पत्रकार कोपिला गौतम ,मोर्चाका उपाध्यक्ष सुमन श्रेष्ठ , केन्द्रिय सदस्य महेस ओलि लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा हिमाल चौधरीले क्रान्तिकारी कविता वाचन गरेका थिए । अधिकांश बक्ताहरुले जनयुद्धको उदेश्य नै खतम गरि प्रचण्ड बाबुरामका कारण आज हामी बिदेशिनु परेको र जनताको आन्दोलन माथी खेलवाड गरेको आरोप लगएका थिए भने अबको नेकपा माओवादीको आन्दोलनमा पुर्ण सरिक भइ आबस्यक परे फ़ेरि पनि बन्दुक बोकेर लड्न तयार रहेको स्पष्ट पारेका थिए।उक्त कार्यक्रममा रोल्पा घर भएका र खारा मोर्चामा सहिद भएका कमरेड प्रेमबहादुर ओलिका छोरा निर्मल ओलि र दाङ सतबरियामा सहिद भएका रोल्पा निबासी सेत बहादुर रोका मगर कि श्रीमति सुस्मा रोका मगरलाई सहिद परिवारको तर्फबाट सम्मान पत्र सहित प्रमुख अतिथी र सभा अध्यक्षले सम्मान गरेका थिए । अन्तमा सम्पुर्ण सहिद ,घाइते र समग्र सर्बहारा बर्गको मुक्ति नहुन्जेल र स्वभिमान र स्वतन्त्र नेपाल नहुन्जेल अझै बलिदान दिन तयार रहने र जनयुद्धमा पाटीले उठाएका एजेन्डा पूरा नहुन्जेल जस्तोसुकै संघर्ष गर्न तयार रहने प्रतिबद्धता सहित अध्यक्ष लीला राज आचार्य (अनिल) ले गुन्जयमान नारा लगाउदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरु