इजरायलका पूर्व प्रधानमन्त्रीलाई १९ महिना जेल सजाय

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौ, ३ फागुन । इजरायलका पूर्व प्रधानमन्त्री एहुद ओल्मर्टलाई भ्रष्ट्रचारको आरोपमा जेल चलान गरिएको छ । उहाँलाई १९ महिनाको जेल सजाय सुनाइएको बताइएको छ । भ्रष्टाचारको अरोपमा जारी रहेको मुद्दामा उहाँलाई सो सजाय सोमबार तोकिएको छ । उहाँको मुद्दाको सोमबार अन्तिम टुंगो लागेको हो । यसरी जेल बस्नुपर्नेमा उहाँ इजरायलको पहिलो पूर्व प्रधानमन्त्री हुनुभएको बताइएको छ । उहाँलाई घुस लिएको र न्याय प्रणालीलाई नै अवरुद्ध गरेको आरोप लगाइएको छ । सत्तरी वर्षीय ओल्मर्टलाई इजरायलको मासियाहु जेलमा राखिएको छ । उहाँलाई १९ महिनाको जेल सजाय सुनाइएको र सोमबारै उहाँ जेल जिवन सुरु गर्नुभएको बताइएको छ ।
इजरायली मध्यनगर राम्लेमा उहाँलाई राखिने समाचार इजरायली सञ्चारमाध्यमहरुले सोमबार सार्वजनिक गरेका छन् । उहाँ इजरायलका एक समयका लोकप्रिय र चर्चित प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले प्यालेस्टाइनीहरुसँग एक समयमा वार्ताका लागि प्रयास गर्नुभएको बताइएको थियो । रासस-एएफपी

प्रतिक्रियाहरु