सिरियासगको शान्तिवार्ता स्थगित

२०७२ माघ २१ गते, बिहीबार

काठमाडौ, २१ माघ । सिरियामा विगत पाँच वर्षदेखि जारी गृहयुद्ध अन्त्यका लागि जेनेभामा संयुक्त राष्ट्रसंघको पहलमा भएको शान्तिवार्ता स्थगित गरिएको छ ।
राष्ट्रसंघले नै शान्तिवार्ता स्थगित गर्ने निर्णय लिएको हो । राष्ट्रसंघका विशेष दुत स्टाफन डे मिस्तुराका अनुसार वार्तामा थोरै प्रगति भए पनि पूर्ण रुपमा वार्ता विफल भएको भने होइन । उनले फेब्रुअरी २५ देखि पुनः वार्ता हुने जनाए ।
सिरियाली विद्रोहीको कब्जामा रहेको सहर एलेप्पोमा सरकारी सेनाले गरेको हमलापछि राष्ट्रसंघले आफ्नो मध्यस्थतामा हुँदै आएको शान्तिवार्ता स्थगित गर्ने निर्णय गरेको हो । गृहयुद्धको चपेटामा परेको सिरियामा परस्पर विरोधी पक्षबीच राष्ट्रसंघले शान्तिवार्ताको पहल गर्दै आएको छ । एलेप्पोमा सरकारी सेनाले भीषण कारवाही गरेको र रुसी सेनाले समेत हवाई हमला गरेको आरोप विद्रोही पक्षले लगाएको छ ।
राष्ट्रसंघका विशेष दूत मिस्तुराले भने, ‘दुबै पक्षबीच भरोसाको स्तर शुन्य बराबर छ ।’ उनले रुस र अमेरिकालाई समेत शान्तिवार्तामा सघाउ अपील गर्दै भनेका छन्, ‘युद्धविराम जरुरी छ, वास्तवमा युद्धविरामले नै शान्तिवार्तामा भएको प्रगतिलाई देखाउँछ ।’- एजेन्सी

प्रतिक्रियाहरु