आजवाट निजी गाडीलाई इन्धन दिइदै

२०७२ पुष २२ गते, बुधबार

काठमाडौ, २२ पुस । सरकारले आज निजी गाडीहरुलाई तेल उपलब्ध गराउने भएको छ । उपत्यकाकाका ५३ ओटा पम्पहरुबाट आज निजी कारलाई वितरण गराउने नेपाल आयल निगमले जनाएको छ । तोकिएका पम्पहरुमा बिहान ९ बजेदेखि पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।
ब्लु बुक नवीकरण भएका चारपाङ्गे्रे कार तथा जीपलाई निगमका मान्यता प्राप्त पम्पहरुबाट पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ । अन्य लटका निजी चारपाङ्ग्रे कार तथा जिपको हकमा अर्को सूचना प्रकाशित गरिने पनि निगमले जनाएको छ ।
पेट्रोल लिन लाइनमा बस्ने कारहरुले नवीकरण भएको ब्लुबुक साथमा लिएर बस्नु पर्ने र त्यसको अनुगमन वाणिज्य विभाग, आयल निगम र नेपाल प्रहरीले गर्ने जनाइएको छ । आज १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन् । यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लटभन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु