न्यायपरिषदमा पहिलो पटक महिला सदस्य

२०७२ पुष २१ गते, मंगलवार

काठमाडौ, २१ पुस। न्यायपरिषदमा पहिलो पटक महिला सदस्य हुने भएको छ ।सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषद्मा वरिष्ठ न्यायाधिस सुशिला कार्की सदस्य हुने भएको हो । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश न्यायपरिषदमा सदस्य हुने व्यवस्था छ ।
त्यसअनुसार अहिलेसम्म कोही पनि परिषद् सदस्य भएका थिएनन् । न्यायाधिस कार्की वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल चैत अन्तिममा सकिएसँगै प्रधानन्यायाधीश पनि बन्दै छन । प्रधानन्यायाधीश, संघीय, कानून तथा न्यायमन्त्री र सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश न्यायपरिषद्को सदस्यको रूपमा रहने व्यवस्था छ । त्यस्तै प्रधानमन्त्री र नेपाल बार एशोसियसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने अन्य दुई जना कानूनविद् र अधिवक्ता पनि सदस्य हुने व्यवस्था छ । २०६७ सालदेखि सर्वोच्चको स्थायी न्यायाधीश बनेकी कार्की, न्यायाधिस समाज नेपालको सदस्य तथा महिला न्यायाधीशहरूको अन्तराष्ट्रिय संगठनको सदस्य पनि छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु