आज ज्येष्ठ नागरिक र अपाङ्गले इन्धन पाउने

२०७२ पुष २० गते, सोमबार

काठमाडौ, २० पुस । नेपाल प्रहरीले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आजदेखि हरेक सोमबार इन्धन वितरण गर्ने भएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र इन्धन वितरण गर्ने तयारी भएको प्रहरीको भनाइ छ । इन्धन अभावका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले भोगिरहेको समस्यालाई मध्यनजर गरी सहजै इन्धन उपलब्ध गराउन लागिएको प्रहरीले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई प्रहरी प्रधान कार्यालय नक्सालस्थित पेट्रोल पम्पबाट र ज्येष्ठ नागरिकलाई सामाखुसीस्थित महालक्ष्मी पेट्रोलपम्पबाट वितरणको व्यवस्था मिलाइएको प्रहरीले जानकारी गराएको छ ।
अपाङ्गता भएका व्यक्तिले इन्धन लिनका लागि सवारी दर्ता प्रमाणपत्र अनिवार्यरुपमा ल्याउनुपर्नेछ भने ज्येष्ठ नागरिकले उमेर खुल्ने प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रसहित आफैँ चलाएर आएको सवारी साधनमा मात्र इन्धन भर्न पाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु