फेरि लोडसेडिङ बढ्यो

२०७२ पुष २० गते, सोमबार

काठमाडौ, २० पुस । नेपाल विद्युत प्राधिकरणले आजदेखि फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टासम्म विद्युत कटौती गर्ने गरी प्राधिकरणले आजबाट नयाँ तालिका लागू भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब सातामा ८० घण्टासम्म विद्युत कटौती हुनेछ ।
नयाँ तालिका अनुसार दैनिक ८ देखि १४ घण्टासम्म लोडसेडिङ हुनेछ । अब खाना पकाउने समय साँझ–बिहानमा साताका अधिकांश दिन विजुली आउने छैन ।
ग्यासको अभावमा विद्युतीय सामाग्रीबाट खाना पकाउँदै आएका नागरिकले लोडसेडिङको नयाँ तालिकाअनुसार थप सास्ती खेप्नुपर्ने भएको छ ।

प्रतिक्रियाहरु