मधेसी मोर्चा फुटको संघारमा

२०७२ पुष १८ गते, शनिबार

काठमाडौ, १८ पुस । सदभावना पार्टीले अध्यक्ष राजेन्द्र महतो घाइते हुँदा पनि मधेसी मोर्चाले बैठक गरेर आधिकारिक धारणा तय नगरेको भन्दै अरु घटकसँग असन्तुष्टि राखेको छ । उसले आज पत्रकार सम्मेलन गरेर अध्यक्ष महतोको अवस्था र भावी कार्यक्रम बारे सार्वजनिक गर्न लागेको छ । महासचिव मनिसकुमार सुमनले आज दिउँसो ४ बजेपछि पत्रकार सम्मेलन गर्ने बताए । उनले मोर्चाका केही नेताहरुका कारण आन्दोलन कमजोर बन्ने अवस्था आएको पनि बताए ।
पछिल्लो समय मोर्चामा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र महतोबीच मनमुटाव सुरु भएको छ । आन्दोलनको जस लिने विषयमा दुई नेताका भनाई एक अर्का विरुद्ध केन्दिैत देखिन्छन् ।

प्रतिक्रियाहरु