घना जंङ्गलभित्र देवी–देवताको मुर्ति

२०७२ पुष १८ गते, शनिबार

काठमाडौ, १८ पुस । रौतहटको उत्तरीक्षेत्रको चुरेको खोचमा बिभिन्न देबी देवताको आकृति भएका मुर्तिको उत्खनन भएपछि यस्को संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । चुरेडाडा माथिको खोच, अन्कन्टार र एकान्त स्थान अनि घनाजङ्गलको झाडी रहेको स्थानमा देबी देवताको आकृतीका मुर्ति उत्खनन भएपनि यसको संरक्षणको लागि सरसफाई र ब्यबस्थापनमा स्थानीयबासिन्दा जुटेका हुन ।
पुर्व– पश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट दश किलोमिटरको दुरी रहेको मकबानपुर जिल्लासंग सिमा जोडिएको उक्त क्षेत्रमा गणेश, शिब, ब्रम्हा, बिष्णु, पार्बती, नारद, तलेजुु, काली लगायत देबी देवताको आकृति रहेको मुर्तिको उत्खनन भएपछि दर्शन गर्नेको समेत भिड लाग्न थालेको छ ।
१४ बर्ष देखि काठमाडौ बस्दै आएका लालबहादुर घलानले सपनामा त्यसक्षेत्रमा देबी देवताको रहेको देखेपछि उनैले गत पौष ३ गते त्यसक्षेत्रमा पुगेर स्थानीयको सहयोगमा संरक्षणमा लागेका हुन् ।
उनी आफु बौध्दधर्म मान्दै आएपनि आफुलाई सपनामा देबी देबताको साक्षात भएपछि आफु रेखदेख र संरक्षणमा लागेको बताउछन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु