चेम्बर एक्स्पो पुस २३ देखि

२०७२ पुष १८ गते, शनिबार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले यही पुस २३ गतेदेखि २७ गतेसम्म काठमाडौमा नेपाल चेम्बर एक्स्पो गर्ने भएको छ । भूकम्प र भारतीय नाकाबन्दीले आर्थिक क्षेत्र सुस्ताएको बेलामा उद्योगी व्यवसायीमा उर्जा थप्ने उद्देश्यसहित भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको बजारीकरण, व्यापार प्रबद्र्धन, आर्थिक सम्भाव्यताको खोजी तथा उपभोक्ताहरमा गुणस्तरीय सामानको प्रयोग गर्ने बानीको विकासका लागि जनचेतना अभिवृद्धि गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको बताए । पाँच दिनसम्म चल्ने एक्स्पोमा घरयासी प्रयोजनका सामाग्रीदेखि कपडा, मोबाइल, अटोमोबाइल र विद्युतीय सामाग्रीका २ सय स्टल रहने बताइएको छ । एक्स्पोको सहयोगी मुलुक दक्षिण कोरिया भएकाले २ सय मध्ये ४० वटा स्टलमा कोरियाली सामाग्री राखिने चेम्बरले बताएको छ ।

प्रतिक्रियाहरु