पोखरा सडक महोत्सब सुरु हुदै

२०७२ पुष १३ गते, सोमबार

काठमाडौं, १२ पुस । पोखरा सडक महोत्सव आजदेखि सुरु हुदैछ । पर्यटनमन्त्रिको उपस्थिमा आज बिहान ११ बजे खहरे चोकबाट पोखराका पर्यटन व्यबसायी, समाजसेबी, नागरिक समाज ,उद्योगी, मानब अधिकारकर्मी र विभिन्न संघसस्थाका पदाधिकारीहरु सहितको रयाली सुरुभै १२:३० मा बसुन्धरापार्कमा पुगी महोत्सवको उद्घाटन गरिदैछ । महोत्सबको सन्दर्भमा आइतबार महोत्सब अनुगमन तथा व्याबस्थापन समितिका संयोजक एंव पोखरा पर्यटन पुर्नरजागरण समितिका संयोजक समेत रहेका गणेश बहादुर भट्टराईले सडक महोत्सबले भारत तर्फ जाने गरेका पर्यटकहरुलाई पोखरा तान्ने गरेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु