चार वटा पाटे बाघ मारिए

२०७२ पुष ६ गते, सोमबार

काठमाडौं, ६ पुस । बन्यजन्तु अपराध नियन्त्रण शाखाका डिएसपी प्रविण पोखरेलका अनुसार यस वर्ष बर्दियामा चार वटा पाटे बाघ मारिएको पुष्टि भएको छ । बाघको दिसा र छालाको आधारमा डीएनए परीक्षण गर्दा बर्दियाका विभिन्न स्थानमा चार वटा पाटे बाघ मारिएको तथ्य पत्ता लागेको हो ।
डिएसपी पोखरेलले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा यस वर्ष आठ वटा पाटे बाघको छाला पक्राउ गरिएको र अनुसन्धान गर्दा चार वटा बाघ बर्दियामै मारिएको पुष्टि भएको जानकारी दिए । बर्दियामा ५० भन्दा बढी वयस्क पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यसैबीच बर्दियाको ठाकुरद्वारामा पत्रकारका लागि जैविक विविधता संरक्षण तथा वन्यजन्तु चोरी शिकार नियन्त्रण सम्बन्धि दुई दिने सचेतना गोष्ठी संचालन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु