पोखरा सडक महोत्सब पुष १३ गतेबाट

२०७२ पुष १ गते, बुधबार

काठमाडौँ । अगामी पुष १३ गतेबाट १७ औ संस्करणको पोखरा सडक महोत्सब हुने भएको छ । देशको विद्दमान परिस्थितिका वावजुत पोखराका पर्यटन व्यबसायी र आयोजक टिमले महोत्सबको तयारी भब्य रुपले गरिरहेको छ । “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगामी पुष १३ गतेबाट पोखरामा संचालन हुने महोत्सवको तयारी लगभग लगभग अन्तिम चरणमा पुगेको महोत्सवका संयोजक दोर्जे लामाले बताए ।
यसै सिलसिलामा महोत्सबको प्रचारप्रसारको लागि भन्दै सुर्यबहादुर भुजेलको नेतृत्वमा एक टोलि बुधबार वुटवल तर्फ प्रस्थान गरेको छ । १८ सदस्यीय उत्त टिममा पोखराका पर्यटन ब्यबसायी र पत्रकारहरुसहित को सहभागिता रहेको छ । महोत्सवको प्रचार अभियान अन्तर्गत महोत्सव प्रवर्धनको लागि उत्त टिम देशका विभिन्न शहरहरु दाङ, वुटवल, भैरहवा, सौराहा लगायतको क्षेत्रमा पुगी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको १७ औं सडक महोत्सवका प्रचार प्रसार संयोजक लक्ष्मण बरालले बताए । टोलीले उत्त क्षेत्रहरुमा गइ पोखरामा हुन लागिरहेको सडक महोत्सबको बारेमा जानकारी गराउदै स्थानीय तथा पर्यटक हरुलाई पोखरा सडक महोत्सब को तथा नयाँ वर्षको अवसरमा पोखरा घुम्न निम्तो दिने छ ।
पोखरामा विगत १६ बर्षदेखी हरेक बर्ष २८ डिसेम्बर देखि जनवरी १ सम्म सडक महोत्सब हुदै आइरहेको छ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु