टेलिकमले रिचार्जमा १५ प्रतिशतसम्म बोनस दिने

२०७२ मंसिर २६ गते, शनिबार

काठमाडौं, २६ मंसिर । नेपाल टेलिकमले आउँदो शुक्रबारदेखि आफ्नो मोबाइल सेवामा रिचार्ज गर्दा बोनस दिने भएको छ । टेलिकमले जिएसएम/सिडिएमए प्रिपेड सेवाको रिचार्जमा बोनस दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । जिएसएम/सिडिएमए प्रिपेड सेवाको रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज इआरसी मार्फत हुने रिचार्ज तथा एमपिओएस मार्फत हुने रिचार्जमा आउँदो शुक्रबारदेखि सोमबारसम्म बोनस दिने व्यवस्था गरिएको टेलिकमले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज इआरसीमा दुई सय रुपैयाँमा पाँच प्रतिशत, पाँच सय रुपैयाँमा १० प्रतिशत तथा हजार रुपैयाँ रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने व्यवस्था रहेको टेलिकमले जनाएको छ । यस्तै एमपिओएसको एक सय वा त्यसभन्दा माथिको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार