अन्तुमा पर्यटन केन्द्र निर्माण

२०७२ मंसिर २६ गते, शनिबार

काठमाडौँ । इलाम जिल्लाको प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित अन्तुमा पर्यटकलाई लक्ष्यित गरी अन्तु पर्यटन केन्द्रको निर्माण गरिएको छ । पर्यटक आकर्षणका लागि पर्यटन केन्द्रअन्तर्गत भ्यूटावर, कोसेली घर, उद्यान, शौचालय निर्माण सम्पन्न गरिएको छ । पर्यटन क्षेत्रमा काम गर्दै आएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको करिब ३५ लाखको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए । आव २०६९–७० देखि बजेट विनियोजन हुँदै आएको अन्तुमा चालु आवमा रु. चार लाख ५० हजार बजेट रहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका योजना शाखाका सञ्जीव पौडेलले बताए । पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पानीको पर्याप्त प्रवद्र्धन गर्नका लागि स्थानीयवासीले मोटरबाट पानी तान्ने तयारी गरेका छन् । मौसम खुलेसँगै आन्तरिक र बाह्य पर्यटक आगमन सुरु भइसकेको पर्यटन व्यवसायी धनकुमार आलेले बताए । समालबुङ र श्रीअन्तु गाविसको बीचमा पर्ने अन्तुमा सूर्याेदय र सूर्यास्तको मनोरम दृश्य, लोपोन्मुख लेप्चा जातिको बसोबास र लेप्चा सङ्ग्रहालय, पूmलखेती, अन्तुपोखरीलगायत देख्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु