अब मोबाइलमै निःशुल्क टिभी हेर्न पाइने

२०७२ मंसिर २६ गते, शनिबार

काठमाडौँ । नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि–मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो । ल्भ्त्(त्ख् सो एपमार्फत् प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो । छोटो समयमा नै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरूले नै नेपालको लागि बिकास गरिएको हो । अबको समय सबै ‘इन्टरनेट बेस’ भइसक्यो त्यसैले मोबाइललाई लक्षित गरी नयाँ–नयाँ प्रडक्ट आउने क्रममा छन । जापानमा रहेको न्युआइटी भेन्चर कर्पाेरेसनले नेपालका इन्टरनेट प्रदायक संस्थासँग मिलेर सेटअप बक्समार्फत् छिट्टै सेवा ल्याउदैछ, यसैको एउटा प्रडक्ट मोबाइलमा टिभी हेर्ने एप नेटटिभी हो ।
नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको सो एप आइफोन र एन्ड्रोइडमा करिब ४० हजार डाउनलोड भैसकेको छ । नेटटिभी नेपाल डाउनलोड गरी फेसबुक आइडी, पासवोर्ड प्रयोग गरी फ्रीमै सजिलै हेर्न सकिनेछ । नेपाली प्रबिधिको क्षेत्रमा यो टिभी प्लेट फर्मले छलाङ मार्ने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार