विश्वकाे उत्कृष्ट गन्तब्य सूचीमा नेपाल पनि

२०७२ मंसिर २३ गते, बुधबार

काठमाडौं । पर्यटनसम्बन्धी बिश्वप्रसिद्ध प्रकाशन ‘नेसनल जियोग्राफिक ट्राभलर’ले सन् २०१६ मा घुम्नैपर्ने ठाउँको सूचीमा नेपाललाई पनि राखेको छ ।सन् २०१६ मा छुटाउनै नहुने ‘कुल’ गन्तब्यको सूचीमा नेपाल छैटौ नम्बरमा परेको छ । ‘महाभूकम्पका कारण नेपाल जाने पर्यटकको संख्यामा ८५ प्रतिशतले कमी आए पनि यो देश घुम्नका लागि सुरक्षित र ब्यबसायका लागि खुला छ’ म्यागेजिनले भनेको छ-‘स्वयंसेवा र साहसिक पर्यटनका लागि नेपाल सवैभन्दा उत्कृष्ट गन्तब्य हो ।’सन् २०१६ मा घुम्ने गन्तब्यको खोजीसहित तालिका बनाउन जुटेका पश्चिमी देशका पर्यटकलाई ट्राभलरको यो सूचीले नयाँ गन्तब्यबारे सोच्न बाध्य बनाउँछ ।भूकम्पका कारण नेपालमा पर्यटकको संख्यामा भारी गिरावट आइरहेका बेला प्रतिष्ठित म्यागेजिनले गरेको यो सिफारिसले नेपालमा पर्यटक आवागमनका लागि प्रेरित गर्ने छ ।१६ वटा कुल गन्तब्यको सूची सिफारिस गरेको नेसनल जियोग्राफिक ट्राभलरको बेलायती संस्करणले पहिलो नम्बरमा इरानलाई राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु