विद्युतीय सामग्री प्रयोगमा सन्तुलन मिलाउ : प्राधिकरण

२०७२ मंसिर २३ गते, बुधबार

काठमाडौं, २३ मंसिर । नेपाल विद्युत प्राधिकरणले ग्यास र मट्टितेलको अभावमा उपभोक्ताले विद्युतीय उपकरणमार्फत खाना बनाउने गरेपछि लोड बढ्दा ट्रान्सफर्मर र मुख्य फिडर लाइन बिग्रने तथा जल्ने समस्या देखिन थालेको छ । प्राधिकरणले बिहान र बेलुका एकै समयमा सबैले खाना पकाउने भएकाले लोड धान्न नसक्दा ट्रान्सफर्मर पड्कने समस्या बढी देखिएको जनाएको हो । प्राधकिरणले विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ९ बजेसम्म बिजुलीको उपयोगमा सन्तुलन मिलाउन सबै उपभोक्तालाई आग्रह गरेको छ ।
खाना पकाउने समयमा ट्रान्सफर्मर बिग्रिए वा पड्किए बनाउन समय लाग्ने भएकाले बिजुलीको सन्तुलन मिलाएर उपभोग गर्न प्राधिकरणले आग्रह गरेको हो । प्राधिकरणले बिहान र बेलुकाकोे समयमा अत्यावश्यक विद्युतीय उपकरण तथा बत्ती मात्र बाल्न अनुरोध गरेको छ ।
यस्तै हिटर, इन्डक्सन चुलो सकेसम्म कम क्षमतामा आलोपालो गरेर प्रयोग गर्न तथा यस्ता विद्युतीय सामग्री प्रयोग भइरहेका बेला पानी तान्ने पम्प, आइरन, ओभन जस्ता सामग्री नचलाउन पनि प्राधिकरणको आग्रह छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार