आज अन्तर्राष्ट्रिय उड्डयन दिवस

२०७२ मंसिर २१ गते, सोमबार

काठमाडौ, २१ मंसिर । आज डिसेम्बर ७ , अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
प्रत्येक वर्षको डिसेम्बर ७ तारिखमा विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाउने गरिएको छ । हवाइ यात्रालाई सुरक्षित बनाउन सबैलाई जागरुक गर्दै हवाइ यात्राको पहुँच विस्तार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने उद्देश्यले स्थापित आइकाओले आफ्नो स्थापना दिनको स्मरण गर्दै सन् १९९४ देखि डिसेम्बर ७ मा आईकाओ दिवस मनाउँदै आएको छ । करिब २ सय राष्ट्र सदस्य भएको आइकाओको नेपाल पनि सदस्य राष्ट्र भएकाले नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु