ग्यालेक्सी एस सेभेन आउँदै

२०७२ मंसिर १९ गते, शनिबार

काठमाडौँ । सामसुङले आगामी फेब्रुअरीमा आफ्नो नयाँ संस्करणको स्मार्टफोन, ग्यालेक्सी एस सेभेन बजारमा ल्याउने तयारी गरिरहेको छ । ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेब्रुअरी २१ मा ग्यालेक्सी एस सेभेन बजारमा आउनेचर्चा सुरु भैसकेको छ । अहिलेसम्मको प्रचलन हेर्दा सामसुङले मार्च महिनामा हुने मोबाइल वल्र्ड कंग्रेसको आसपासमा आफ्ना नयाँ स्मार्टफोन लन्च गर्ने गरेको छ । तर ग्यालेक्सी एस सेभेन भने त्यसअघि नै सार्वजनिक हुनसक्ने बताइएको छ । हुनत यसअघि एस सेभेन आगामी जनवरीमै बजारमा आउने चर्चा पनि चलेको थियो । एक रिपोर्टलाई आधार मान्ने हो भने ग्यालेक्सी एस सेभेन निकै हाइटेक मोबाइल हुनेछ । यसमा एलटीइ मोडेम चिप रहनेछ । यसका साथै ग्यालेक्सी एस सेभेन दुइ भर्सनमा लन्च गरिनेछ । जसमध्ये पहिलो भर्सनमा क्लबउमचबनयल डद्दण् र दोश्रो भर्सनमा भ्हथलयक डडढण् चिपसेट हुनेछ । समाचार अनुसार ग्यालेक्सी एस सेभेन विश्वको पहिलो यस्तो स्मार्टफोन हुनेछ जसमा ऋबत। ज्ञद्द ीत्भ् ऋजष्उ हुनेछ । जसका कारण स्मार्टफोन प्रयोगकर्ताले ६०० एमबीपीएस डाउनलिंक स्पीड तथा १०० एमबीपीएस अपलिंक स्पीड प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी एस सेभेनमा पछिल्लो एन्ड्रोइड अपरेटिंग सिस्टम मार्समेलो रहनेछ । एस सेभेनमा ५.७ इन्चको क्यू एच डी डिस्प्ले हुनेछ । जुन एच डी भन्दा ४ गुणा गुणस्तरीय हुनेछ । यसको पिक्सेल रिजोलुसन २५६० गुणा १४४० हुनेछ । यसका साथै ग्यालेक्सी एस सेभेनमा टाइप सी युएसबी पोर्ट हुनेछ । यसमा ४ गिगाबाइटको ¥याम तथा ६४ जिबीको इन्टर्नल मेमोरी रहनेछ । अर्काे रोचक कुरा के भने एस सेभेनमा सामसुङले मेमोरी कार्ड स्लटको पुनरागमन गराउनेछ । ग्यालेक्सी एस सेभेनमा २० मेगापिक्सेलको मुख्य क्यामराका साथै डुअल सेनसर सेटअपका साथमा ८ तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । कनेक्टिभिटीको कुरा गर्ने हो भने एस सेभेनमा फोर जी एलटीइ, वाइफाइ ८२०, ब्लुटुथ ४.१ हुने बताइएको छ । अझ खुसीलाग्दो कुरा त के भने ग्यालेक्सी एस सेभेनको मूल्य एस सिक्सको भन्दा कम रहनेछ ।
उता एप्पलले आफ्नो आगामी नयाँ संस्करणको आइफोन सेभेनमा हेडफोन पोर्ट नराख्ने भएको छ । हेडफोन पोर्ट राख्नु नपरेपछि एप्पललको आइफेन सेभेन अझै पातलो हुने निश्चित भएको छ । म्याक ओटाकारा अनलाइनले सार्वजनिक गरेको खबरअनुसार परम्परागत ३.५५ मिलिमिटरको हेडफोन पोर्टको साटो आइफोन सेभेनमा हेडफोन प्लग गर्नका लागि लाइटनिंग पोर्ट रहनेछ । फोनलाई अझै पातलो बनाउनका लागि हेडफोन्समा पनि नयाँ फिचर्स थप गरिनेछ । नयाँ हेडफोनले विद्युत् चार्ज थुत्न सक्नेछ । सोही कारण यसमा एम्प्लिफायर हुनुका साथै विभिन्न एपहरूको बारेमा फोनलाई जानकारी दिने प्रविधि समेत रहने बताइएको छ । तर विद्यमान आइफोन धनीहरूले नयाँ एडाप्टर खरीद गर्नुपर्नेछ जसले पूरानो फम्र्याटलाई युएसबी स्वरूपमा ढाल्नेछ ।
स्मरणरहोस् अन्य विभिन्न स्मार्टफोन कम्पनीहरूले समेत स्मार्टफोनलाई निकै पातलो बनाउनका लागि पूरानो हेडफोन पोर्टको साटो युएसबी अडियो पोर्ट राखिसकेका छन् । एप्पललको आइफोन सेभेन अर्काे वर्षको सेप्टेम्बरमा मात्रै सार्वजनिक हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार