अब वाई–फाई होइन, लाई–फाई

२०७२ मंसिर १९ गते, शनिबार

काठमाडौँ । वाई–फाइभन्दा सय गुणा छिटो इन्टरनेट सुविधा दिने प्रविधि विकास भएको छ । लाई–फाई नाम गरेको नयाँ प्रविधिले वाइफाइभन्दा सय गुणा तीब्र गतिमा इन्टरनेट सुविधान दिन्छ । लाई–फाईको यो हप्ता इस्टोनियाको टालिनमा परीक्षण गरिएको छ । लाई–फाईले प्रति सेकेन्ड १ जिबिपिएस (गिगाबिट) को गतिको इन्टरनेट सुविधा दिने छ । इस्टोनियाको स्टार्ट अप वेलमेनी कम्पनीले तीब्र गतिको इन्टरनेट सुविधा दिने लाइफाइ बनाएको हो । अबको तीनदेखि चार वर्षभित्र यो प्रविधि उपभोक्तासम्म पुग्ने वेलमेनीका प्रमुख कार्यकारी अधिकृत दीपक सोलंकीले बताए । लाई–फाई चलाउनका लागि विद्युत्को स्रोत जस्तै एलइडी बल्ब, इन्टरनेट कनेक्सन र एउटा फोटो डिटेक्टर आवश्यक पर्छ । वेलमेनीले एक गिगाबिट प्रति सेकेन्डको गतिको इन्टरनेट सुविधा दिनका लागि एउटा लाई–फाई बल्बको प्रयोग गरेको थियो । परीक्षणपछि यो गति सैद्धान्तिक रूपमा दुई सय २४ गिगाबिट प्रति सेकेन्डसम्म पुग्ने पत्तालागेको छ । परीक्षण एक कार्यालय र औद्योगितक क्षेत्रमा गरिएको थियो । लाई–फाई प्रयोग गर्नका लागि मोबाइलमा एउटा डिभाइस राख्नुपर्ने हुन्छ । भविष्यमा यस्तो डिभाइस वाई–फाई र ब्लुटुथ जस्तै मोबाइलमै इनबिल्ट हुनेछ । वाई–फाईका लागि अहिले प्रयोग गर्ने गरिएको रेडियो वेभभन्दा लाई–फाईमा प्रयोग गरिने लाइट स्पेक्ट्रम १० हजार गुण व्यापक हुनेछ । रिमोट कन्ट्रोलमा जस्तै गरी यसमा सूचनाहरू लाइत पल्सेजमा एन्कोड गरिन्छ । लाई–फाईको डेटा ट्रान्सफर गर्ने एलइडी लाइट सामान्य जस्तै सेता प्रकाशवाला हुनेछ । यसलाई एलइडी ब्रोडब्यान कनेक्सन पनि भनिन्छ । लाई–फाईले वाई–फाईले जस्तो अरु रेडियो सिग्नललाई असर गर्दैन । यसले गर्दा लाई–फाई विमानमा पनि प्रयोग गर्न सकिनेछ । सूर्यको किरणले यसको कनेक्सनमा असर गर्ने भएकाले घर बाहिर घाममा बसेर भने प्रयोग गर्न सकिँदैन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार