पेट्रोल चाहियो, एसएमएस गर्नुहोस्

२०७२ मंसिर १२ गते, शनिबार

काठमाडौँ । इन्धन वितरणलाई व्यवस्थित गर्न भन्दै सरकारले एसएमएस सिष्टम सुरु गरेको छ । यसअघि विभिन्न चरणमा विभिन्न तरिकाबाट इन्धन वितरणको व्यवस्था मिलाउँदै आएको सरकारले शुक्रबारदेखि एसएमएस सिष्टम सुरु गरेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरु गरेको यो प्रणालीले सवारीसाधनधनीले पम्पअगाडि घण्टौँ लाम लाग्नुपर्ने बाध्यता टर्ने बताइएको छ । प्राप्त एसएमएसको आधारमा इन्धन भर्ने पालो आउने भएकाले यसले इन्धन अभावको अवस्थामा वितरण प्रणालीलाई सहज बनाउन सघाउने आपूर्तिमन्त्री गणेशमान पुनले बताए । इन्धन वितरणमा अहिले भइरहेका अनियमतिता हटाउनसमेत सहयोग पुग्ने उनको भनाई छ ।
पहिलो चरणमा पुल्चोकको साझा पेट्रोल पम्पबाट परीक्षणका रुपमा सुरु गरेसँगै एसएसमएसमार्फत् लाइन बस्ने पचास जनालाई पेट्रोल वितरण गरिएको छ । उनीहरुले प्रक्रिया केही झन्झटिलो भए पनि सहज भएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।
यो प्रक्रियाअनुसार सर्वसाधारणले इन्धन लिने पालो लिनका लागि आरइक्यू स्पेशस, पी अर्थात् पेट्रोल, इस्पेशन, बीबीएन अर्थात ब्लुबुक नम्बर स्पेश, आरसी अर्थात् फोन कोर्ड नम्बर स्पेश, इ जेड अर्थात आफ्नो निर्वाचन क्षेत्र स्पेश, सिए अर्थात् मोटरसाइकल भए एस, जिप वा कारले एम र ठुला सवारीले इल टाइप गरी ८६८७ मा सेन्ड गर्नुपर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार