यस्तो पनि पेनड्राइभ …

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौं । रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै नस्ट गरिदिन सक्छ । जसको नामनै ग्याजेट किलर राखिएको छ । किनकि यसले कम्प्युटर देखि टेलिभिजन सबैलाई क्षण भरमै खरानी बनाइदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजनसम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।
रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।
उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरू सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।
यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरूले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।
यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् । यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार