गोदावरी पुष्प मेला सुरु हुदै

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौ, १९ कात्तिक । आजदेखि ‘नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ ललितपुरको जावलाखेल खेल मैदानमा शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी गर्न लागेको हो । एसोसिएसनले तिहार पर्वलाई लक्षित गरी गर्न लागेको गोदावरी पुष्प मेला तथा प्रदर्शनी २२ गतेसम्म संचालन हुने भएको छ । मेलामा व्यावसायिक स्टल, सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ३६ वटा प्रदर्शनी कक्ष रहनेछन् ।
मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलका साथै अन्य फूल र बिरुवासमेत राखिनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित हुन लागेको मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलका साथै अन्य फूल बिरुवासमेत राखिने भएको छ । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धिसहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिने मेला संयोजक दिलिप बादेले बताए ।

प्रतिक्रियाहरु