नन्दकिशोर पुन उपराष्ट्रपतिमा निर्वाचित

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौं, १४ कार्तिक । एमाओवादी स्थायी कमिटि सदस्य नन्दकिशोर पुन उपराष्ट्रपतिमा विजयी भएका छन् । व्यवस्थापिका संसदमा आज भएको उपराष्ट्रपति पदको निर्वाचनमा पुनले नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई पराजित गरेका हुन् । पुनले ३२५ मत प्राप्त गरेका छन् भने यावदको पक्षमा २१२ मत खसेको छ । कुल ५४७ मत खसेकोमा १० मत बदर भएको जनाइएको छ ।

प्रतिक्रियाहरु