नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा शपथ ग्रहण

२०७२ कार्तिक १२ गते, बिहीबार

काठमाडौं, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ लिएकि छन । आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना भएको विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिएकि हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । शपथ ग्रहण समारोहमा नेपाली सेनाले डा. रामवरण यादवको सम्मान गरेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ ग्रहण सुरु भएको हो । भण्डारीले शपथ ग्रहण गरेलगत्तै उनलाई नेपाली सेनाले सम्मान अर्पण गर्‍याे। अहिले डा. यादवको बिदाइमा शीतल निवास बगैँचामा कार्यक्रम आयोजना गरिएको छ । डा. यादवले कार्यक्रमलाई सम्बोधन गरेपछि उनि नयाँ निवास बागडोल जानेछन ।

प्रतिक्रियाहरु