बन्दकर्तालाई स्थानीयले लखेटे

२०७२ कार्तिक १२ गते, बिहीबार

काठमाडौं,१२ कार्तिक । रौतहटमा राजमार्ग अबरुद्ध गरेर बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् ।
बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर सडकखण्डको गरुडा नगरपालिका–११ बिर्तामा बुधबार राति राजमार्ग अबरुद्ध पारेर बसेका मोर्चाका कार्यकर्तालाई स्थानीय बासिन्दाले प्रतिकार गरेर लखेटेका हुन् ।
स्थानीयबासिन्दाले मोर्चाका कार्यकर्ता बस्ने त्रिपाल भत्काईदिएर अबरुद्ध राजमार्ग खुलाएका हुन् । पछिल्लो समय स्थानियले सिमापारी भारतबाट तेल भरेर ल्याउने क्रम बढ्न थालेपछि मोर्चाको कार्यकर्ताले राजमार्गमै पाल हालेर धर्ना दिंदै आएका थिए ।
यसैगरी गतसाउन २८ गतेदेखि संयुक्त मधेशी मोर्चाको बन्द पनि कायमै छ । बन्दले मध्यपूर्वी जिल्लाहरु धनुषा, महोत्तरी, सिरहा सप्तरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रियाहरु