नवनिर्वाचित राष्ट्रपति भण्डारीले सपथ ग्रहण गदै

२०७२ कार्तिक १२ गते, बिहीबार

काठमाडौं, १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पदको सपथ लिँदैछिन । आज दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा गरिने भव्य समारोहमा उनले सपथ लिनेछिन । संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउनेछन् । सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ ।
नवनिर्वाचित राष्ट्रपतिले पदको सपथ लिएलगत्तै निवर्तमान भएका मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई शितल निवासमै बिदाई समारोह गरिने छ ।
बिदाईलगत्तै उनी राज्यका तर्फबाट अतिविशिष्ट व्यक्तित्वका लागि उपलब्ध गराइएको आवासमा जानेछन् ।
उनको आवासकालागि ललितपुरको भैसेपाटीमा सुबिधासम्पन्न घर बन्दोबस्त गरिएको छ । राष्ट्रपति डा. यादव २०६५ साउन ८ गते मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए ।
दुई वर्षका लागि निर्वाचित उनी सात वर्ष तीन महिनापछि उनी निवर्तमान हुँदै भीभीआईपी सुरक्षासहित शितल निवासबाट बाहिरिने छन् ।

प्रतिक्रियाहरु