राष्ट्रपति र उपराष्ट्रपतिका लागि आज उमेदवारी दर्ता हुदै

२०७२ कार्तिक १० गते, मंगलवार

काठमाडौ १० कार्तिक । व्यवस्थापिका संसदमा भोली हुने राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुदैछ । त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउासो साँढे एक बजे दर्ता भएको उमेदवारको नामावली प्रकाशन गरिने छ । दिउासो साँढे दुई बजेसम्म दावी विरोध र उमेदवारी फिर्ताका लागि समय दिई अपरान्न ३ बजे उमेदवारको अन्तिम नामावली सार्वजनिक गरिने सचिवालयका सहयक प्रबक्ता सुदर्शन कुइकेलले बताए ।
नेकपा एमालेले सत्तारुढ गठबन्धनका तर्फबाट आफ्नै पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै एकीकृत माओवादीले राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने निर्णय गर्दै उपराष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवारी दिने भएको छ । पार्टी स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदमा बहुमतीय प्रक्रिया सुरु भएको हो । उमेदवारी दर्तापछि भोली बिहान ११ बजेदेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रतिक्रियाहरु