विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार

२०७२ कार्तिक ९ गते, सोमबार

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदमा सत्तारुढ गठवन्धनको बहुमत भएकाले भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने लगभग पक्का जस्तै भएको छ । सहमतिका आधारका राष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदले बुहमतीय प्रक्रिया सुरु गरिसकेको छ । भोलि मंगलबार उम्मेदवारीको समय तोकिएको छ । ११ गतेको संसद बैठकमा मतदान हुनेछ ।

प्रतिक्रियाहरु