कांग्रेस चियापान समारोह आयोजना गर्दै

२०७२ कार्तिक ९ गते, सोमबार

काठमाडौ, ९ कात्तिक । नेपाली कांग्रेसले आज दिउँसो हरेक वर्षा जस्तै विजयादशमी, दीपावली तथा छठको अवसरमा चियापान समारोह आयोजना गर्दैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको हो । प्रवासमा रहनु भएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
कांग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले लोकतन्त्र र राष्ट्रियतालाई झन् मजबुत बनाउन पनि चियापान कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । चियापनमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै कुटनीतिक नियोगका अधिकारीका साथै राजनीतिक दल, पेसाकर्मी, बुद्धिजीवी तथा समाजका सबैलाई सहभागी हुन कांगे्रसले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु