धुम्रपान त्याग्ने भए …

२०७२ कार्तिक १ गते, आईतवार

काठमाडौं, १ कात्तिक । यदि तपाई चुरोट पिउनुहुन्छ भने तपाईले धेरै प्रयत्न गर्दा पनि छाड्न गाह्रो भइरहेको पनि हुनसक्छ । किनकी यो आम समस्या हो । भनिन्छ, मानिस आदतको दास हो । झन् धुम्रपानको आदत छुटाउन त एकदमै गाह्रो छ । यदि तपाई यस्तै समस्याको गोलचक्करमा फस्नुभएको छ भने तपाईंको लागि यो खुसीको खबर सावित हुनसक्छ ।
सबैभन्दा पहिला तपाई यो निश्चित गर्नुहोस् कि म चुरोट छाड्न चाहन्छु । कारण जे सुकै होस्, तपाईंको आफ्नै मर्जीबिना केही पनि गर्न सक्नुहुँदैन । झन चुरोट छाड्ने कुरा त सक्दैसक्नुहुँदैन । यसकारण सबैभन्दा पहिला आफू चुरोट छोड्छु भन्ने संकल्प गर्नुहोस् ।
चुईगम पनि चुरोट छुटाउने राम्रो विकल्प हो । तर धेरै चुईगम खाँदा यसले पनि स्वास्थ्यलाई हानी नै पुर्याउँछ । चिनीरहित मिन्ट चुईगम स्वास्थ्यका लागि सापेक्षित ठिक हुन्छ ।
जसलाई थकान वा तनावका कारण चुरोट पिउने बानी छ, उनीहरुले योग गर्नु धेरै लाभदायी हुन्छ । योगमा केही यस्ता आसनहरु छन्, जसले मनलाई शान्त बनाउन सहयोग गर्दछ । यसले चुरोट पिउने लत कम गर्दछ ।
चुरोट पिउने आदत कम गर्न हरियो चिया पनि एउटा उत्तम विकल्प हुनसक्छ । हरियो चियामा धेरै गुणहरु हुन्छन् । ग्रीन टिको सेवनले चुरोट पिउने इच्छा कम गर्दछ र यसले बिस्तारै धुम्रपानको कुलत छुटाउँछ ।
यदि तपाई छिटो भन्दा छिटो चुरोट छोड्न चाहनुहुन्छ भने चुरोटदेखि आफूलाई टाढै राख्नुहोस् । जतिबेला चुरोट पिउन मन लाग्छ, तत्काल अरु नै केही खान थाल्नुहोस्, अर्को विकल्प सुरु गरिहाल्नुहोस् । कतिपय मानिसहरुलाई खाना खाएपछि चुरोट पिउन मन लाग्छ, त्यस्तो बानी छ भने खाना खानासाथ परिवारको सदस्यलाई समय दिने, सघाउने वा अरु नै काममा आफूलाई व्यस्त राख्न सकिन्छ ।- एजेन्सी

प्रतिक्रियाहरु