मह खाने तरिका जानिराख्नुहोस्

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाडौँ । महमा जुनसुकै औषधिसँग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदै । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ । गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनचतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मान्छि ।
मह खादाका फाइदाहरु निम्न प्रकारका छन–
१. अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२. पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउँमा मह दिन सकिन्छ ।
३. बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४. शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यसले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुब्लोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८. हृदयको धमनीको लागि मह बडो शक्तिवद्र्धक हुन्छ । सुत्ने बेला मह र कागतीको रस मिसाएर एक ग्लास पानी पीउनाले कमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ ।
९. पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०. सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११. महले मांसपेशिहरु बलवती हुन्छ ।
१२. बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३. अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४. सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच त्यसमा फीटेर तयार गरेर छालामा दल्ने । यसले छाला चम्कीन्छ र कान्छाउँछ ।
१५. कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।
महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी
तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वेदिकविज्ञहरु बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ ।
–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
– महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
– अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
– चिया र कफीको साथ मह विष समान हुन्छ ।
– महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
– चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
– तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
– मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
– निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
– महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
– वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वाेत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ ।
– मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।
– मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
– एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
– बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
– यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ ।

प्रतिक्रियाहरु