साबधान, कोक पेप्सी पिउँदै हुनुहुन्छ ?

२०७२ आश्विन २४ गते, आईतवार

काठमाडौँ । कोक पेप्सी पिउँदा स्वादिलो लागेपनि यसले पेटमा घातक अवस्था सृजना गर्छ साथै विभिन्न रोग समेत पैदा गर्छ । कोक पेप्सी पिएको १० मिनेटमा एक गिलास कोकपेप्सीको माध्यमबाट १०–११ चम्चा चिनी शरीरमा भित्रिन्छ र आन्तरिक प्रणालीमाथि आक्रमण शुरु गर्छ । १०–११ चम्मा चिनी भनेको २४ घण्टामा शरीरलाई चाहिने सम्पूर्ण क्यालोरी हो त्यस बराबर चिनी एकै पटकमा भित्रन्छ । त्यति धेरै क्यालोरी शरिरले सहन गर्न सक्दैन । त्यसैले आन्तरिक आक्रमण शुरु गर्छ । कोक पेप्सीमा प्रयोग हुने कृतिम चिनीमा विद्दमान गुलियो स्वाथलाई मत्थर पार्न फस्फोरिक एसिड प्रयोग गरिएको हुन्छ । यसले २० मिनेट भित्र रगतमा सुगरको मात्रा ह्वात्तै बढाउछ । बढेको सुगरलाई पचाउन परिवर्तित गर्न कलेजोले ठूलो मेहनत गर्नु पर्छ । तर यसका लागि अत्याधिक मात्रामा इन्सुलिन प्रज्जवलित हुनु पर्छ । ४० मिनेटपछि उक्त पेय पदार्थमा निहित क्याफिन पूर्णरुपले शरिरमा अवशोषित हुन्छ । उक्त अवशोषित क्याफिनको प्रभावले आँखाको परेला लखतरान हुन्छन् । रक्तचाप बढ्छ । साथै कलेजोले छान्न नसकेर सुगर फर्काएर रक्त प्रवाहमा पठाइदिन्छ । कोक पेप्सीले गर्दा ४५ मिनेट भित्र रगतमा डोपाइमाइन नामक हार्माेनको वृद्धी हुन्छ जसले तुरुन्तै दिमागलाई क्षणिक तृप्ति दिने संवेदना केन्द्रलाई उत्तेजित पार्छ । यस्तो उत्तेजना क्षणिक हुन्छ तर ठ्याक्कै हेरोइनको जस्तो हुन्छ । ६० मिनेट भित्र शरीरमा सुगरको स्तर ह्वात्तै बढ्छ । रगतमा सुगरको ब्यापक उतार चढाव हुन्छ । ब्यक्तिलाई ब्यग्र बेचैन तथा अशान्त बनाउँछ । जोर्नीहरु दुखेको जस्तो अवस्था पनि हुन्छ । कोक पेप्सी पचाउन शरीरका हड्डीहरुबाट समेत क्याल्सियम म्याग्नेसियम र जिङ्क शोषित हुने गर्छ । दीर्घकालीन परिणामकोरुपमा कोको पेप्सी पिउँदाः अनियन्त्रित मोटोपन, उक्त रक्तचाप, उच्च कोलेष्ट्रोल, मधुमेह हृदयरोग, हृदयघात, अनिद्रा, मानसिक विक्षिप्तता, क्यान्सर, बंशाणु क्षय, नपुङ्षकता, ब्रेन ट्यूमर, अष्टियोपोरेसिसस आदि आदि समस्या देखिन सक्छ ।

प्रतिक्रियाहरु