आज विश्व मानसिक स्वास्थ्य दिवस

२०७२ आश्विन २३ गते, शनिबार

काठमाडौ, २३ असोज । आज अक्टोबर १०, विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । मानसिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो मानसिक समस्या रोकथामका लागि सरोकारवाला स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् । बढ्दो बेरोजगारी अव्यवस्थित जीवनशैली, प्रेममा धोका, पढाईमा असफलता, मानसिक तनाव, निराशाजस्ता कारणले नेपालमा वर्षेनी मानसिक रोगीको संख्या बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको छ । समाजमा हुने गरेको नकारात्मक व्यवहार र उचित उपचारको अभावमा मानसिक रोगीहरुको मृत्युदर धेरै रहेको चिकित्सकहरु बताएका छन् ।

प्रतिक्रियाहरु