चीनमा धुम्रपानबाट मृत्यु हुने युवा अत्यधिक

२०७२ आश्विन २३ गते, शनिबार

काठमाडौं,२३ असोज । एक नयाँ अध्ययन अनुसार चीनमा दुइ तिहाइ युवाहरुले २० वर्ष भन्दा कम उमेरमै धुम्रपान सुरु गर्ने गरेको देखाएको छ । द ल्यासेन्ट जर्नमा छापिएको शोध अनुसार २० वर्षभन्दा कम उमेरका अहिलेका युवाहरुले यदि धुम्रपान नछाड्ने हो भने उनीहरुमध्ये एक तिहाइ युवाहरुको अकालमै मृत्यु हुनेछ । शोधकर्ताहरुका अनुसार ती मध्ये झण्डै आधा मानिसको मृत्यु चुरोटकै लतका कारण हुनेछ । यो निष्कर्षमा पुग्ने क्रममा शोधकर्ताहरुले चीनमा राष्ट्रव्यापी अध्ययन गरेका थिए र त्यसक्रममा लाखौँ मानिसलाई सहभागी गराएका थिए ।
चीनमा सन् २०१० मा सुर्ति सेवनको कारण झण्डै १० लाख मानिसको ज्यान गएको थियो । शोधकर्ताहरुका अनुसार चीनमा धुम्रपानको दर अहिलेकै रफ्तारमा कायम रहेमा सन् २०३० सम्ममा धुम्रपानका कारण हरेक वर्ष २० लाख जनाले ज्यान गुमाउनेछन् । शोध अनुसार चीनका कुल पुरुष मध्ये आधा भन्दा बढिले धुम्रपान गर्दछन् । त्यस्तै २.४ प्रतिशत महिलामा चुरोटको लत रहेको पनि तथ्यांकले देखाएको छ ।

प्रतिक्रियाहरु