सिमा सुरक्षा बैठक रद्ध

२०७२ आश्विन २३ गते, शनिबार

काठमाडौं,२३ असोज । आज नेपाल र चीनबीच बस्ने भनिएको सिमा सुरक्षा बैठक रद्ध भएको छ । बैठक रद्ध हुनुले भारतले अघोषित नाकाबन्दी लगाइरहेका बेला उत्तरी छिमेकी चिनले समेत अवरुद्ध नाका खोल्न अनिच्छुक देखिएको संकेत मिलेको छ । चिनीया पक्षले तातोपानी नाका सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गर्न तय गरिएको शनिबारको सिमा सुरक्षा बैठक एकाएक रद्ध भएको हो । सिमा सुरक्षा बैठक रद्ध भएसँगै दशै अगाडी तातोपानी नाका सञ्चालनमा आउने आशा समाप्त भएको छ ।
सिमा क्षेत्रका चिनीया अधिकारीहरु बेइजिङ जानुपर्ने भन्दै बैठक स्थगित भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गीरीले जानकारी दिए ।
धेरै मेहनत पछि सीमा सुरक्षा बैठक बस्ने सहमति भएपनि चिनीया अधिकारीहरुले एकाएक बैठक रद्ध गरेपछि नाका खोल्ने बिषय अन्योलमा परेको हो ।

प्रतिक्रियाहरु