हिन्दी च्यानल खोल्न सञ्चारमन्त्रीको दवाब

२०७२ आश्विन १३ गते, बुधबार

काठमाण्डौ, १३ असोज । भारतको नाकाबन्दीले रास्ट्रीय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै केवल टेलिभिजनहरुले हिन्दी च्यानल बन्द गरेपछि सञ्चारमन्त्री मिनेन्द्र रिजाल केवल टेलिभिजन प्रसारक सस्थामाथि क्रुद्ध बनेका छन । उनले बन्द गरिएका हिन्दी टिभी च्यानलहरुको बन्द २४ घण्टाभित्र सुचारु गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयले भारतले लगाउँदै आएको नाकाबन्दीको बिरोध जनाउदै मंगलवारदेखि भारतय च्यालनको प्रसारण बन्द गरेका नेपाल केवल टेलिभिजन महासंघ, केवल टेलिभिजन व्यवसायी महासंघ, डिस होम र सिम्पल मिडियालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । प्रसारण रोक्नुको कारण माग्दै मन्त्रालयले तीन संस्थालाई २४ घण्टे स्पष्टिकरण सोधेको हो। कुनै पनि अग्रिम सूचना समेत नदिइ प्रसारण बन्द गरिएको भन्दै रुष्ट भएको मन्त्रालयले ति संस्थाहरुलाई स्पष्टकिरण माग्दै चित्तुझ्दो जवाफ दिन समेत भनेको छ। अन्यथा ति संस्थाहरुलाई कार्वाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ । सञ्चार मन्त्रालयले तीनैवटा संस्थालाई भारतबाट प्रसारित हुने हिन्दी भाषी च्यानलहरु सूचारु गर्ने आशयका साथ निर्देशन दिएको हो। दुई वटा महासंघसंग आवद्ध व्यवसायीहरुले मंगलबार विहान १० बजेबाट लागू हुने गरी हिन्दी भाषी च्यानहरुमा रोक लगाएको थियो। डीसहोमले भने अपरान्ह मात्र प्रसारण बन्द गरेको थियो । दुई वटै महासंघसंग आवद्ध करिव चार सय केवल संचालकहरुले नेपाल भर १९ लाख घरमा परिवारमा केवल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका छन् । दुई वटा महासंघले गरेको यो निर्णय पछि मंगलबारबाट १९ लाख घरपरिवारका टेलिभिजन सेटहरुमा यसअघि प्रसारण हुँदै आएका हिन्दी भाषाका सम्पूर्ण च्यानलहरु बन्द भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार