हिन्दी च्यानल अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुग्यौं : पराजुली

२०७२ आश्विन ११ गते, सोमबार

काठमाडौ ११ असोज । नेपाल केबुल टेलिभिजन महासंघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको छ । केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ‘हिन्दी च्यानल बन्द गर्न केही दल र जनदबाब पनि थियो,’ उनले भने, ‘मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुग्यौं ।’ अध्यक्ष पराजुलीका अनुसार चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानल बन्द भइसकेको छ ।
भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि नेकपा माओवादीले देशभरका टेलिभिजनमा हिन्दी च्यानल बन्द गर्न सम्पूर्ण केवल टेलिभिजनहरुलाई आव्हान गरेको थियो ।
दुई वटै महासंघसंग आवद्ध करिव चार सय केवल संचालकहरुले नेपालभर १९ लाख घरमा परिवारमा केवल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका छन् । दुई वटा महासंघले गरेको यो निर्णय पछि मंगलबारबाट १९ लाख घरपरिवारका टेलिभिजन सेटहरुमा यसअघि प्रसारण हुँदै आएका हिन्दी भाषाका सम्पूर्ण च्यानलहरु हट्ने छन् । हिन्दी भाषाका च्यानलहरु स्थानीय केवल संचालकहरुले स्वतः स्फूर्त रुपमा हटाउन थालेपछि दुवै महासंघको केन्द्रीय नेतृत्व समेत ती च्यानलहरु हटाउने दबाबमा पर्दै आएको थियो ।
नेपाली राष्ट्रियता र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई विशेष गरी भारतीय समाचार च्यानलहरुले अफवाह फैलाउन थालेपछि नेपालभित्र त्यस्ता च्यानलहरुमाथि प्रतिवन्ध लगाउनु पर्ने माग उठेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार