राष्ट्रसंघले संविधानको स्वागत गरेन

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं । राष्ट्रसंघले महासचिवलाई नेपालको संविधान जारी भएको जानकारी प्राप्त भएको व्यवहोरा उल्लेख गर्दै नेपालमा जारी भएको नयाँ संविधानपछि बृहत राष्ट्रिय हितका लागि काम गर्न राजनीतिक नेतृत्वलाई आग्रह गरेको छ । राष्ट्रसंघको विज्ञप्तिमा नेपालको संविधान जारी भएकोमा स्वागत गरिएको छैन ।
राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन डुजरिकले विज्ञप्ति जारी गर्दै संविधान जीवन्त दस्तावेज भएकाले थप लचकताका साथ अघि बढ्न आग्रह गर्नुभएको हो । त्यस्तै, अहिले भएका हिंसाप्रति चासो राखेको राष्ट्रसंघले शान्तिपूर्ण प्रदर्शन र संविधानसभाको स्वतन्त्रताको सम्मान गर्दै सम्वाद मार्फत् अघि बढ्न जोड दिएको छ । नेपाली जनताले शान्तिपूर्ण र लोकतान्त्रिक मुलुक चाहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु