हुती बिद्रोहीको कब्जावाट विदेशी रिहा

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं, ५ असोज । यमनको हुती बिद्रोही समूहले कब्जामा लिएका ६ जना विदेशी नागरिकलाई रिहा गरेको छ ।
यमनको राजधानी सानाबाट ओमान जान लागेका उनीहरुलाई विमानस्थल नजिकबाट विद्रोही समूहले नियन्त्रणमा लिएको थियो । तीन महिनाअघि नियन्त्रणमा लिइएकाहरुमा दुई अमेरिकी, दुई साउदी अरबका र दुई जना बेलायती नागरिक रहेका छन् । उनीहरुको रिहाईको पहलका लागि सम्बन्धित राष्ट्रहरुले यमन सरकारसँग बारम्बार आग्रह गर्दै आएका थिए । रिहाइपछि उनीहरु आ–आफ्नो देश फर्किएका छन् । अपहरणमा परेकाहरु पर्यटकका रुपमा यमन पुगेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु