आप्रवासी सवार डुंगा दुर्घटना

२०७२ आश्विन ४ गते, सोमबार

काठमाडौँ, ४ असोज । आप्रवासी चढेको एक डुंगा टर्कीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । टर्कीको क्यानाकेल बन्दरगाहबाट आप्रवासी लिएर अष्ट्रिया प्रवेश गर्ने क्रममा अष्ट्रियाको लेसवस युनानी बन्दरगाह नजिक चट्टानमा ठोक्किएर डुंगा दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा चार जना बालबालिका समेत छन् । दुर्घटनामा परेका आठ जनाको उद्धार गरिएको छ । डुंगामा ५० जनाभन्दा बढी आप्रवासी थिए ।
दुर्घटनामा केही आप्रवासी हराइरहेकाले उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । युरोप प्रवेश गर्ने क्रममा यो महिना मात्रै सयौं आप्रवासीको डुंगा दुर्घटनामा मृत्यु भइसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु