फेसबुकमा सोचेर मात्र लाइक गर्नुस

२०७२ आश्विन ३ गते, आईतवार

काठमाडौँ । आफ्नो साथीले फेसबुकमा राखेको फोटो, भिडियो, कुनै पेज वा अरु केही लाइक गर्नु सामान्य कुरा हो । तर क्याम्ब्रिज विश्वविद्यालयले हालै भनेको छ फेसबुकमा गरिएको लाइकबाट नै लाइक गर्ने मान्छेका बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । अहिले फेसबुकमा विश्वभरका डेढ अरव मानिसहरु जोडिएका छन् । हामी फेसबुकमा आफ्ना परिवार र साथीहरुसँग जोडिएका हुन्छौँ । हामीले सामान्य सोचेर गरेको लाइकले कहिले काँही हामीलाई जटिल संकटमा पार्न सक्छ । क्याम्ब्रिज विश्वविद्यालयको साइकोमेट्रिक्स सेन्टरका अनुसार एउटा म्याजिक सौस टूलबाट फेसबुक पोस्टमा गरेको लाइकबाटै तपाईंको बारे धेरै कुरा पत्ता लगाउन सकिन्छ । तपाईं केटा हो वा केटी, तपाईंको धर्म, राजनीतिक विचार र यस्ता अरु धेरै कुरा जुन तपाईंले अति गोप्य छ भन्ने सोच्नुभएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको साइकोमेट्रिक्स सेन्टरमा पिएचडी गर्दै गरेका एक विद्यार्थी उ यू यूले हालै यस सम्बन्धमा अनुसन्धानसमेत गरेका छन् । ती बिद्यार्थीले ८६ हजार फेसबुक प्रयागकर्तामा गरेको अनुसन्धान अनुसार फेसबुकमा गरिएको लाइकबाट सफ्टवयरमार्फत् प्रयोगकर्ताको व्यक्तित्व, उसका परिवार र साथीहरुलाई थाहा भए भन्दा धेरै पत्ता लगाउन सकिन्छ । अनुसन्धानबाटै देखिएको छ एउटा सामान्य फेसबुक प्रयोगकर्ताले २ सय २७ वटा फरक पेजहरुमा सामान्यतया लाइक गरेका हुन्छन् ।
यो सबै जानकारी फेसबुकमै हुन्छ त्यति ठूलो कुरा होइन भन्ने सोच्नुहोला तर तपाईंको बारेमा कसैले जानकारी पाउन चाहन्छ र त्यो सजिलै पाउँछ भने यो त्यति सहज कुरा होइन । त्यसैले फेसबुकमा लाइक बटन थिच्नु अघि सोच्ने कि १ सोसियल मिडियामा जति सक्दो कम जानकारी दिन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् ।– एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार