घडी बनाउने बालकलाई ह्वाइट हाउसमा निम्तो

२०७२ आश्विन ३ गते, आईतवार

काठमाडौँ । १४ वर्षीय अहमद मोहम्मद गिरफ्तार भए । उनले एउटा हातले बनाएको घडी आफ्नो झोलामा राखेर विद्यालय गएका थिए । उनले ल्याएको घडीलाई प्रहरी तथा उनका शिक्षकहरुले ‘झुटो बम’ को संज्ञा दिँदै पक्राउ गरेका थिए । इर्भिङ बस्ने यी बालकको रुची रोवोर्टिक र इञ्जिनियरिङ्मा रहेको भन्दै ‘दी भर्ज’ लेख्छ, ‘आइतबार राति उनले केही विद्युतिय सामग्रीहरु एक ठाउँमा राखेर अर्काे दिन त्यसलाई विद्यालय लगे, उनलाई कक्षा बाहिर लगियो र प्रहरी अधिकारीहरुले सोधपुछ गरे, शिक्षकहरुले बम जस्तै सामग्री बनाएको प्रहरीलाई बताएपछि हत्कडी लगाएर उनलाई जुभेनाइल डिटेन्सनमा लगियो ।’ अहमदले डल्लास मर्निङ् न्यूजसँग भनेका छन्, ‘मैले घडी मेरो इञ्जिनियरिङ् पढाउने शिक्षकलाई देखाएँ, एउटा सामान्य यन्त्र जसलाई मैले सर्किट बोर्ड र पावर सप्लाई वायर प्रयोग गरी डिजिटल डिस्प्लेसँग जोडेँ, शिक्षकले यो यन्त्र अरु साथी तथा म्याकर्थर हाई स्कुलका अन्यलाई नदेखाउन भनेका थिए । उनले उक्त यन्त्र आफ्नो झोलामा हाले तर अंग्रजी पाढाउने शिक्षकले यो कुरा चाल पाएपछि उनले उक्त हातले निर्माण गरिएको घडी देखाए । शिक्षिकाले घडी लगिन् र छैठौँ घण्टीमा प्रिन्सिपल प्रहरीहरुसँग आए र प्रहरीले गिरफ्तार गरे । उनलाई पक्राउ गरेका पछिल्ला दिन उनको सञ्चार माध्ययम तथा अन्तर्रारिष्ट्र समुदाय तथा सामाजिक सञ्जालहरुमा चर्चा बढेको छ । उनीमाथि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले उनीविरुद्ध मुद्दा दर्ता नगरिने जानकारी दिएका छन् । मोहम्मदका परिवार कानुनी सहायताका खोजीमा जुटिसकेका छन् । उनी परिवारको रोहोवरमा छाडिएका छन् । उनको यो चर्चासँगै उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले ह्वाइट हाउसमा निम्तो दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार