राष्ट्रव्यापी सरसफाइ अभियान सुरु

२०७२ आश्विन २ गते, शनिबार

काठमाडौ, २ असोज । आजदेखि राष्ट्रव्यापी सरसफाइ अभियान सुरु भएको छ । सप्ताहव्यापी सो राष्ट्रव्यापी सरसफाइ अभियानअन्तर्गत आज काठमाडौका विभिन्न ठाउँलगायत देशका मुख्य मुख्य शहरहरुमा पनि एक साथ कार्यक्रम हुँदैछन् ।
‘आफ्नो घर नजिकैको टोल आफैं सफा गरौं’ भन्ने सन्देशका साथ चलिरहेको अभियान अन्तर्गत आज काठमाडौको नक्साल नजिकै गहना पोखरीमा बिहान कार्यक्रम भएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार, खेलाडी, विभिन्न क्षेत्रका अगुवाहरु सहभागी भएको अभियानको संयोजन गरिरहेको क्लिनअप नेपालले जनाएको छ । आजै चितवन, झापा, इटहरीलगायत विभिन्न ठाउँमा पनि कार्यक्रम हुँदैछ भने ती कार्यक्रमहरु कम्तीमा पनि ३० हजार जनाले एकसाथ सहभागीता जनाउने अपेक्षा क्लिन अप नेपालको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार