दुई नेपाली महिला बलात्कार गर्ने साउदी नागरिकले भारत छाडे

२०७२ भाद्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ भदौ । दुई नेपाली महिला बलात्कारको अभियोग लागेका साउदी अरेवियन कुटनीतिज्ञले भारत छाडेका छन् । भारतीय विदेश मन्त्रालयलाई उधृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआइले जनाएअनुसार छानविनकै क्रममा उनले भारत छाडेका हुन् । उनीमाथि दुई नेपाली महिलालाई अपहरण गरी दिल्लीको गुडगाउँमा पटकपटक बालात्कार गरेको आरोप लागेको थियो । प्रहरीले यो घटनाको छानविन भइरहेको जनाएको थियो ।
बलात्कारसम्बन्धी यो घटना एक गैरसरकारी संस्थामार्फत प्रहरीमा पुगेको थियो । सामाजिक संस्था माइती नेपालका प्रमुख बालकृष्ण पाण्डेका अनुसार बलात्कृत हुने महिलाको उमेर एक जनाको ५० वर्ष र अर्कीको ३० वर्षको छ। उनीहरु नेपालको मोरङ र बागलुङ निवासी हुन् ।
पाण्डेका अनुसार पीडित महिलालाई पहिला साउदी अरेविया लगिएको थियो । पाँच महिनादेखि उनीहरु दिल्ली नजिकै गुडगाउँ आएका थिए ।
भारतीय प्रहरीले यो घटनामा संलग्नलाई कुटनीतिक सुरक्षा रहेकाले छानविनमा समस्या आएको बताएको थियो । यता साउदी अरेवियाले आफ्ना कुटनीतिज्ञमाथि लगाइएको बलात्कारको आरोप अस्वीकार गरेको छ।- एजेन्सी

प्रतिक्रियाहरु