‘असोज ३ गते कालाेदिन ‘

२०७२ भाद्र ३० गते, बुधबार

काठमाडौं, ३० भदौ । तिन दलको पहलमा बन्दुकको गोलीबाट असोज ३ गते जारी गरिने संविधानको कुनै औचित्य नरहेको थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले बताएका छन् । थरुहट थारुवान संघर्ष समिति फूलबारीले मंगलबार आयोजना गरेको विशाल विरोध सभामा उनले सो कुरा बताएका हुन् । नेता चौधरीले ४ लाख जनताको मागलाई व्यवास्ता गरी जारी गर्न लागेको संविधान आफूलाई स्वीकार्य नभएको भन्दै सो संविधानलाई जारी भएकै समयमा जलाउने चेतावनी र असाेज ३ गतेलार्इ कालाेदिनकाे रूपमा मनाउने घाेषणा गरेका छन ।
उनले थारुहरु आफ्नो पहिचान सहितको अधिकारको आन्दोलन गर्न लागेको ३८ दिन विति सक्दा समेत राज्यले कुनै सुनुवाई नगरी बन्दुकको नालबाट संविधान जारी गरे आफूहरु पनि अर्को संविधान जारी गरेरै देखाउने चेतावनी दिए । उनले भने ‘थारु अधिकारको आन्दोलन गर्दा राज्यले आतंककारीको विल्ला भिडाउदै हान्दोलनरत पक्षलाई गिरफ्तारी गरेयो । हामी कसैसंग भिख मागेका होईनौ बरु आफ्नो हिसा मागेका हौं, त्यसैले असोज ३ गते सशसकहरुले ल्याएको संविधानको दिवांगतमा हामी आगो बालेर राख बनाई दिने धम्की समेत दिए ।
उनले यो देशका शमसकहरुले थारुहरुलाई पहिचानको अधिकार दिन्छु भन्दै २०४६ सालमा ५ बुँदे सम्झौता गरे, २०६५ सालमा ६ बुँदे र २०६९ सालमा १० बुँदे सम्झौता गर्दै थारुहरु माथि राजनीति गरेर उल्टै थारुको छातीमा बन्दुकको नाल तेर्साएर आफूहरुको हात बाँधन लागेको बताउदै अब शान्तीपूर्ण आन्दोलन होईन शसक्त आन्दोलनको खाचो रहेको बताए ।
उनले आन्दोलनरत पक्षलाई डराएर होईन, माहात्मा गान्धी बनेर होईन बरु टाउकोमा कफनको फिटा बाँधेर सडकमा उत्रिने बताउदै थरुहट आन्दोलनको विरोधमा आउने जो कोहीलाई सूचिमा राख्ने चेतावनी दिए ।
त्यसै गरी संधिय समाजबादी फोरम नेपालका केन्द्रीय अध्यक्ष होरीलाल थारुले थरुहट आन्दोलन कुनै जाती र ठाउँको आन्दोलन नभएर उत्पीडनमा परेका समुदाय वर्गको अधिकारको आन्दोलन रहेको दाबी गरे । उनले टीकापुरको घटना पछि कैलालीमा कफ्र्यू पश्चात पनि धेरै थारुहरुको घर जलाईएको, थारु जनतालाई यातना दिएको गिरफ्तारी गरेको सामान तोडफेड गरेको क्षेतिपूर्ति राज्यले तिर्नु पर्ने बताए ।
त्यसै गरी पूर्व सभासद कृष्ण थारुले कैलालीका जनता जागी सकेको संकेट दिदै असोज ३ गते धनगढी र टिकापुर घर्ने चेतावनी दिए ।
कार्यक्रममा थारु कल्याणकारी सभाका जिल्ला कोषाध्यक्ष इन्दू चौधरी, संधिय समाजबादी फोरमका जिल्ला कोषाध्यक्ष सुशिला चौधरी, एनेकपा माओवादीका जिल्ला सदस्य शूर्य प्रसाद शर्मा, थारु विद्यार्थी समाजका उपाध्यक्ष प्रेमा चौधरी, नेकपा एमालेका तिलु चौधरी, लोकतान्त्रिक फोरमका राजु फुंलागी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा थारुहरुको अधिकारलाई समेतेर मनाइएको गितमा नित्य गरेका थिए भने सखिया नाच र झुम्रा नाच पनि प्रस्तुत गरेका थिए । – उन्नती चौधरी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु