संविधान सभामा संविधानको विधेयकमाथि मतदान जारी

२०७२ भाद्र २८ गते, सोमबार

काठमाडौ २८ भदौ । आजपनि संविधान सभामा संविधानको धाराहरुमाथि मतदान प्रक्रिया जारी रहनेछ । विधान सभा भवनमा बिहान ११ बजेपछि सुरु हुने बैठकमा आज पनि बाँकी रहेका धाराहरु माथि मतदानका लागि निणयार्थ पेश गर्ने कार्यसुची रहेको संविधान सभा सचिवालयले जनाएको छ ।
यसअघि हिजो बसेको संविधान सभा बैठबाट नयाँ संविधानका ३ वटा धारा पारित गरेको छ । हिजो साँझ दोस्रो पटक बसेको बैठकले नयाँ संविधानको धारा १ देखि ३ सम्म सर्व सम्मतिले पारित गरेको थियो ।
विभिन्न दल तथा समुहको विरोधका बाबजुद संविधान निर्माणको कार्य अन्तिम प्रक्रियामा प्रवेश गरेको छ । नेपाली कांग्रेसका पाँच सभासद सहित मधेशवादी दल संविधानको प्रक्रियाबाट बहिरिएका छन् ।
यस्तै एकिकृत नेकपा माओवादी र राप्रपा नेपाल फरक मत सहित प्रत्रियामा सहभागी रहेका छन् । विधेयक माथिको जारी मतदान प्रक्रिया भोली सम्ममा सकाउने संविधान सभाको तयारी रहेको छ ।
संविधानका सवै धारा कम्तिमा २ तिहाई बहुमतले पारित गरिसकेपछि राष्ट्रपति डाक्टर रामबरण यादवले संविधान जारी भएके घोषणा गर्नेछन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु